सर्वोत्तम सिमेण्टको आइपीओ आजबाट खुल्यो

२०८० फाल्गुन १३, आईतवार

काठमाडौं : सर्वोत्तम सिमेण्टले आइतबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन (आइपीओ) गरेको छ ।

कम्पनीले बूक बिल्डिङ प्रक्रियामार्फत् मूल्य तय गरेर दोस्रो बजारमा आफ्नो शेयर बेच्न लागेको छ । यो कम्पनीको आइपीओमा कम्तिमा ५० कित्ता आवेदन दिनै पर्ने छ । बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन पाइने भएको छ । अंकित मूल्य १०० रुपैयाँ भए पनि यो शेयर किन्न सर्वसाधारण लगानीकर्ताले १ कित्ताको ३६०.९० रुपैयाँ हाल्नुपर्ने भएको छ । बूक बिल्डिङ प्रक्रियामार्फत् २६० रुपैयाँ ९० पैसाको प्रिमियम थपेर आवेदन दिनु पर्ने भएकाले एक जनाले शेयर भर्दा नै १८ हजार ४५ रुपैयाँ हाल्नुपर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोडको १२.९० प्रतिशत बराबर शेयर बेच्न लागेको हो । यसो गर्दा ६० करोड रुपैयाँ अंकित मूल्यको शेयर जारी हुन लागेको छ । तर सर्वसाधारणले जम्मा २७ लाख ७६ हजार ७६ कित्ता शेयरका लागि मात्रै दाबी पेश गर्न पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार