सोमबार नै शिवको उपासना किन गर्ने ?

२०८० फाल्गुन १४, सोमबार

काठमाडौं : हिन्दु धर्म ग्रन्थमा सोमबारको विशेष महत्व रहेको छ । यो दिन भगवान शिवलाई समर्पित गरिएको छ। भगवान शिवलाई प्रसन्न पार्न अधिकांश महिला तथा युवतीहरूले सोमबार सोमवार व्रत मनाउने र कामना गर्ने गर्छन् ।

सोमबारको दिन बाबा महाकालको पूजा गरी व्रत राखेमा भक्तजनलाई मनोकांक्षा प्राप्त हुने जनविश्वास रहेको छ । तसर्थ, हामी तपाईलाई भगवान शंकरको पूजा गर्ने केही उपाय बताइरहेका छौँ, जसलाई आज अर्थात सोमबार गरेमा तपाईको मनोकामना पूरा हुनेछ ।

सोमबार यसरी गर्नुहोस् पूजा 

भगवान शिवलाई प्रसन्न पार्न पहिले स्नान गरी सेतो, हरियो, पहेँलो, आकाशी नीलो वस्त्र धारण गर्नुहोस्। र त्यसपछि सोमबार भगवान शिवलाई दूध वा दही चढाउनुहोस्।

त्यसपछि भोलेनाथलाई चामल चढाउनुहोस्। ध्यान राख्नुहोस् कि चामल भाँच्नु हुँदैन। यसपछि ‘ओम नमः शिवाय’ जप गर्नुहोस्। त्यसपछि बेलपत्र अर्पण गर्नुहोस् र पूजामा पहेंलो चन्दनको प्रयोग गर्नुहोस्।

पूजाको साथसाथै महामृत्युञ्ज्य मन्त्रको १०८ पटक जप गर्नुहोस्। विवाह गर्न नसक्ने व्यक्तिहरू। सोमबार बिहान सबेरै उठेर स्नान आदि गरी भोलेनाथको पूजा गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार