मगर दिवसमा सार्वजनिक बिदा

२०८० फाल्गुन १५, मंगलवार

स्याङ्जा : ४२ औँ मगर दिवसको सन्दर्भमा स्याङ्जाका आठ पालिकाले सार्वजनिक बिदा दिएका छन् । ११ पालिका रहेको स्याङ्जामा पाँच नगरपालिका र तीन गाउँपालिकाले दिवसमा बिदा दिएका हुन् ।

यहाँका पुतली बजार, भीरकोट, वालिङ, गल्याङ, चापाकोट नगरपालिका,  कालिगण्डकी, बिरुवा, हरिनास गाउँपालिकाले बिदा दिएका हुन् । यहाँका पालिकाले विज्ञप्ति जारी गर्दै मगर दिवसको अवसरमा आज सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ । पालिका भित्रका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था,बैङ्क तथा वित्तीय संस्थाहरू बन्द रहने छन् । पालिकाले मगर समुदायको सम्मानका लागि बिदा दिइएको विज्ञप्तिमा जनाएको छ । बिदा दिइएका पालिकामा मगर समुदायको बाक्लो बसोबास रहेकाले बिदा दिइएको जनाइएको छ ।

मगर बस्ती नरहेका यहाँका अर्जुन चौपारी, आँधीखोला र फेदिखोलाले भने बिदा नदिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार