सरकारी जग्गा हडप्नेलाई सरकारले कुनै हालतमा छाड्दैनः गृहमन्त्री श्रेष्ठ

२०८० फाल्गुन १९, शनिबार

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारी जग्गा हडप्नेलाई सरकारले कुनै हालतमा नछाड्ने स्पष्ट पारेका छन्।

रोटरी क्लव आफ पाटन हेरिटेजले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाले व्यक्ति वा संस्थाले कव्जा गरेको सरकारी जग्गा सरकारको नाममा फिर्ता ल्याउने र सरकारी जग्गा हडप्नेलाई सरकारले कुनै हालतमा नछाड्ने बताएका हुन्।

उनले सरकारी जग्गा हडप्नेलाई कारवाही गर्न खोज्दा चारैतिरबाट बिरोध हुने गरेपनि सरकार पछि नहट्ने जिकिर गरे। ललिता निवास, छाला तथा जुत्ता कारखानाको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु भइसकेको उनले बताए।

राजनीतिक पहुँच भएकै भरमा जे पनि गर्न हुने कुरालाई खण्डित गर्नुपर्नेमा उनले जोड दिए। गृहमन्त्री श्रेष्ठले हरेक बर्ष चार लाख युवाहरु नफर्किने गरि विदेशीने गरेको भन्दै यसलाई रोक्नुपर्ने बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार