अध्यक्ष ओलीले एकीकृत समाजवादीलाई समेट्न सहमत

२०८० फाल्गुन २२, मंगलवार

काठमाडौं : नयाँ सत्ता समीकरणमा नेकपा (एकीकृत समाजवादी)लाई समेट्न नेकपा (एमाले) तयार बनेको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहपछि एमाले अध्यक्ष केपी शर्मा ओली एकीकृत समाजवादीलाई समेट्न सहमत भएको हो ।

माओवादी केन्द्रले बैठक नै बसेर एकीकृत समाजवादीलाई समेट्नुपर्ने निर्णय गरेको थियो । जुन निर्णयपछि प्रधानमन्त्री प्रचण्डले ओलीसँग एकीकृत समाजवादीलाई समेट्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डको आग्रहपछि ओलीले पहिलो पटक फोन संवाद गर्दै अध्यक्ष नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि घरमै आराम गरिरहेका अध्यक्ष नेपाललाई ओलीले फोन गरेर स्वास्थ्य लाभको कामना पनि गरेको ओली निकट एक नेताले बताएका छन् ।

यसअघि प्रधानमन्त्री प्रचण्डले सोमबार मात्रै अध्यक्ष नेपाललाई निवासमै पुगेर भेटेका थिए । उनले सरकारमा सहभागि हुन आग्रह गरेका थिए ।

सत्ता समीकरण परिवर्तनसँगै एकीकृत समाजवादीकाे सचिवालयले बैठकले गठबन्धनका व्यवहारअनुसार सत्तामा जाने वा नजाने भन्ने निर्णय लिने निर्णय गरेकाे थियाे । पछिल्लाे संवादसँगै सरकारमा सहभागि एकीकृत समाजवादीलाई निकै सहज बनेकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार