रवि गृह मन्त्रालय पुग्दा समर्थकले नारा लगाए

२०८० फाल्गुन २३, बुधबार

काठमाडौँ : उपप्रधान एवम् गृह मन्त्री रवि लामिछाने पदभार ग्रहण गर्नका लागि गृह मन्त्रालय पुग्दा समर्थकले नाराबाजी गरेका छन् । समर्थकहरुले ‘रवि दाइ हाइ हाइ’ भन्दै उनको स्वागतमा नाराबाजी गरेका हुन् ।

बुधबार साँझ शीतल निवासमा शपथ लिएपछि नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री लामिछाने पदभार ग्रहण गर्न गृह मन्त्रालय पुगेका हुन् । गृह मन्त्रालय परिसरमा ठूलो संख्यामा समर्थकहरुको भीड देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार