सुनको मुल्यमा भारी वृद्धि, बनायो ऐतिहासिक रेकर्ड

२०८० फाल्गुन २४, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य १५ सय रूपैयाँले बढेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज १५ सय रूपैयाँले बढेर १ लाख २५ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले बढेर १४ सय ७० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार