महिला फुटबल खेलाडीसहित सम्पूर्ण टोलीलाई कृषि विकास बैंकद्वारा प्रोत्साहन रकम हस्तान्तरण

२०८० फाल्गुन २४, बिहीबार

काठमाण्डौ : कृषि विकास बैंक लिमिटेडले महिला फुटबल टोलीसहित प्रशिक्षक लगायतलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

बैंकले गत फेब्रुअरी १९ देखी २९ सम्म साउदी अरबमा भएको पश्चिम एशियाली फुटबल महिला च्याम्पियनसिप-२०२४ “west Asian Football Federation Women’s Championship-2024” काे उपविजेता बनेको महिला फुटबल टोलीसहित प्रशिक्षक लगायत टिमलाई प्रोत्साहन स्वरुप नगद ६ लाख ७० हजार हस्तान्तरण गरेको हो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम उपलब्ध गराएको जनाएको छ ।

बैंकका अनुसार २३ जना खेलाडीहरुलाई जनही २५ हजार, मुख्य प्रशिक्षकलाई १५ हजार, ३ प्रशिक्षकलाई जनही १० हजार प्रदान गरिएको हो । त्यस्तै टिम म्यानेजर, फिजियोथेरापिस्ट, एन्फा, हेड अफ डेलिगेट्स र अफिसियललाई जनही १०/१० हजारको दरले हस्तान्तरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार