जसपाले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगायो

२०८० फाल्गुन २४, बिहीबार

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंगो लगाएको छ।

बिहीबार सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उपप्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई पठाउने निर्णय गरेको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

वन तथा वातावरण मन्त्रीमा नवलकिशोर साह र स्वास्थ्य राज्यमन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार