धनकुटा : खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालको खानेपानी क्षेत्रमा रहेका समस्याको क्रमशः समधान गर्दै जाने बताए ।
गृह जिल्ला आउनुभएका मन्त्री राईलाई नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले आज यहाँ सम्मान गरेको कार्यक्रममा उनिले विशेष गरेर नेपालको पहाडी जिल्लामा देखिएको खानेपानी समस्याको समाधान गर्न योजना बनाएर काम गर्ने बताए ।
“नेपालको खानेपानी समस्या समाधान गर्नका लागि योजना बनाएरै काम गर्छु”, मन्त्री राईले भने । धनकुटाको खानेपानी समस्या समाधानका लागि विशेष पहल गर्ने उनिको भनाइ थियो ।





