पुर्वयुवराज पारसले गरे पाल्पाको शिव मन्दिरमा पुजाआजा

२०८० फाल्गुन २६, शनिबार

पाल्पा : हिन्दुहरुको पवित्र पर्व महाशिवरात्रीको अवसरमा पाल्पाका विभिन्न शिव मन्दिर र शिव धामहरुमा पुजाआजा र भजन किर्तन गर्ने भक्तजनहरुको भिड लागेको छ ।

पाल्पा आएका पुर्व युवराज पारस शाहले बगनासकाली ९ बराङ्दीमा रहेको महामृत्युञ्जय शिवासनमा पुजाआरधना गरेका छन् । पुर्वयुवराज पारस शिवरात्रीको अवसर पारेर पाल्पा भ्रमण गरेका छन् । पारसले महामृत्युञ्जय शिवासनमा शिवको नित्य पुजा, शिबलिङ्गमा जलधारा, दुधधारा, घिउबाट स्नान गराएका थिए । हिन्दुधर्म अनुसार देवका पनि महादेवको रुपमा भगवान शिवलाई मान्ने गरिन्छ । तानसेन नारायणस्थानमा १०८ गौमुखे धारा सहित १ हजार ६ सय किलो शिवलिङ्ग शिवरात्री पारेर स्थापना गरिएको छ ।

तिनाउ गाउँपालिका दोभान सिद्धबावा मन्दिर, बगनासकाली बराङ्दीको महामृत्युञ्जय शिवासन, प्रभास क्षेत्र, रामपुर भुजातको शिवमन्दिर सहितका शिवालयहरुमा शिव आरधना गरिएको छ । बिहानदेखी भक्तजनहरु शिवमन्दिरहरुमा पुगेका छन् । भगवान शिवको उत्पत्ति भएको दिनका रुपमा महाशिवरात्री पर्व मान्दै आएको पौराणिक कथन रहेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार