केपी कमरेडको आलोचना गर्थेँ तर प्रचण्डको त नियतमै खोट रहेछ, यो सरकार ढाल्नैपर्छ : मेटमणि

२०८० फाल्गुन २७, आईतवार

काठमाडौं : शनिवार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रम बोल्दै मेटमणि चौधरीले प्रचण्ड सरकार नढाले मुलुकले अस्थिरता मच्चिरहने बताए।

उनले भने, ‘यो सरकार मुस्किलले टिक्यो भने एक महिना मात्रै हो। अहिले उहाँको कारणले मुलुकमा अस्थिरता मच्चिने काम भइरहेको छ। उहाँकै कारणले, उहाँबाहेक अरू कोही होइन। म हिजोका दिनमा केपी कमरेडप्रति एकखाल्को आलोचन गर्थेँ तर केपी ओलीभन्दा पनि धेरै अस्थिर, गलत मान्छे। आफ्नो कुर्सीका लागि सहकर्मीहरूलाई फेरिराख्छन्, तर आफ्नो कुर्सी जोगाइराख्ने उहाँको प्रवृत्ति छ।’

प्रचण्डको नियतमै खोट भएकाले नयाँ समीकरण अब कुनै हालतमा नटिक्ने उनको जिकिर छ। उनले भने, ‘यो समीकरण भत्काउनै पर्छ। मेरो दल पनि सरकारमा सहभागी छ। दुई वटा मन्त्री पनि छन्। तर यो तरिकाले निर्माण भएको सरकारलाई भत्काउन सकेनौँ भने मुलुकमा अस्थिरता मच्चाइराख्छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार