काठमाडौ : निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले महन्थ ठाकुरकी छोरी डा. मिनाक्षी ठाकुरलाई वैदेशिक रोजगार बोर्डको सदस्य नियुक्त गरेको खुलासा भएको छ । मिनाक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरकी छोरी हुन् ।
बैदेशिक रोजगार बोर्ड सचिवालयका प्रवक्ता टीकाराम ढकालका अनुसार माघ २२ गतेको निर्णयानुसार फागुन १० गतेको पत्रले ठाकुरलाई नियुक्त गरिएको हो।
‘उहाँलाई चिकित्सकको तर्फबाट बोर्ड सदस्यमा नियुक्त गरिएको हो,’ ढकालले सदस्यकै हैसियतमा उहाँ फागुन १९ गतेदेखि दुबईमा भएको जब फेयरमा पनि सहभागी हुनुभएको हो ।’ मन्त्री भण्डारी सोही कार्यक्रमका लागि दुबई गएका बेला उनको मन्त्री पद गएको थियो ।
दुबईमा सम्पन्न उक्त जब फेयरका लागि बोर्डको सचिवालयबाट अधिकतम ६० लाख रुपैयाँ खर्च गर्ने निर्णय गरिएको थियो ।





