प्रधानमन्त्रीले विश्वासको मत अघि लिखित सहमति गर्नुपर्ने एकीकृत समाजवादीको अडान

२०८० फाल्गुन २८, सोमबार

काठमाडौँ : सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीले अघि सारेका मागहरूमा विश्वासको मत अघि लिखित सहमति जनाउनुपर्ने अडान राखेको छ । एकीकृत समाजवादीले राष्ट्रिय सभा अध्यक्षमा माओवादीले सारेका उम्मेदवारलाई भोट दिनु पहिल्यै प्रधानमन्त्रीले लिखित सहमति गर्नुपर्ने माग अघि सारेको हो ।

प्रधानमन्त्रीले विश्वासको मत अघि लिखित सहमति गर्नुपर्ने एकीकृत समाजवादीको अडान
एकीकृत समाजवादीको सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले आफ्नो पार्टीसँग लिखित सहमति गर्नुपर्ने माग अघि सारेको प्रमुख सचेतक मेटमणि चौधरीले बताए । राष्ट्रिय सभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरूमा लिखित सहमति जनाएमात्रै आफ्नो पार्टीले सहयोग गर्ने उनको भनाइ थियो ।

पार्टीले अघि सारेका मागमा प्रधानमन्त्रीले लिखित सहमति नगरे राष्ट्रिय सभा अध्यक्ष र विश्वासको मतको पक्षमा भोट हाल्न पार्टीका सांसद बाध्य नरहेको चौधरीको भनाइ थियो । ‘भोलि हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र पर्सि प्रधानमन्त्रीले लिने विश्वासको मत लिने बारेमा निर्णय गरेका छैनौँ । हामीले भनेको केही कुरामा उहाँले सहमति जनाउनुभयो भने, त्यो पनि लिखित सहमति गर्नुभयो भने राष्ट्रिय सभामा भोट दिनसक्छौँ र प्रतिनिधि सभामा उहाँले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौँ,’ चौधरीले भने, ‘उहाँले हाम्रा कुरा सुनुवाई नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौँ, ठान्दैनौँ । उहाँमै भर पर्छ । सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर पर्छ । सहमति हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउनु हुन्न ।’ दाहाल नेतृत्वको सरकारमा एकीकृत समाजवादीबाट दुई जना मन्त्रीले शपथ लिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार