हतकडीसहित भागेका थुनुवा समाउन जाँदा लडेर प्रहरी जवानको मृत्यु

२०८० फाल्गुन २८, सोमबार

दार्चुला : दार्चुलामा फरार थुनुवा पक्राउ गर्न जाँदा एक प्रहरी जवानको मृत्यु भएको छ।

प्रहरीको थुनामा रहेका महाकाली नगरपालिका–१ का उमेशसिंह कुँवर हतकडीसहित भागेपछि समात्न जाँदा जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान सोहन चौधरीको ज्यान गएको हो। कुँवरलाई पक्राउ गर्न जाँदा लडेका चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका लागि उनलाई अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

जवरजस्ती करणी मुद्दामा गत फागुन २१ गते कुँवर पक्राउ परेका थिए। उनीमाथि मुद्दा शाखामा सोधपुछ चलिरहेको थियो। साेही बेला कुँवर हतकडीसहित भागेका थिए। महाकाली नदी तरेर उनी भारत पुगेका थिए। कुँवरलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार