नेपाललाई युक्रेन बनाउन खोजे प्रतिवाद गर्छौं : विप्लव

२०८० फाल्गुन २८, सोमबार

जुम्ला : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ( विप्लव सी) ले नेपाललाई अमेरिकी साम्राज्यवादले युक्रेन बनाउन खोजे त्यसको प्रतिवाद गरिने चेतावनी दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी कालिकोट र जुम्लाले सोमवार सीमावजार नाग्म बजारमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै उनले सो चेतावनी दिए । महासचिव विप्लवले विदेशी हस्तक्षेप कुनै हालतमा स्वीकार नगर्ने चेतावनी दिए । उनले अमेरिकाले नेपालमा एमसीसीमार्फत सैन्य अखडा गर्न चाहने आरोप लगाए । महासचिव विप्लवले अब नेपालमा नेपाली विशेषताको समाजवाद अहिलेको संकटको उचित निकास हुने बताउँदै ‘पछाडि फर्किएर होइन, अग्रमामी निकास खोज्नुपर्छ, त्यसका लागि समाजवादभन्दा अर्को विकल्प छैन ।’

महासचिव विप्लवले नेपालको राजनीति सिंहदवार वरिपरि गोलचक्करमा घुमिरहेको बताए । अब जनतातिर फर्किएको राजनीतिक व्यवस्था समाजवाद आवश्यक भएको बताए । उनका अनुसार स्याउ रोप्नु देश र जनताको आत्मनिर्भर अर्थतन्त्रको जग भएकाले उत्पादन बढाउनुपर्ने सुझाव दिए । “आर्थिक जीवनमा जनतालाई परिवर्तन गर्न हामी उत्पादन योजनामा छौं, यो पनि एक किसिमको जनयुद्ध नै हो” उनले थपे, “हामी लडेको सामन्तवादसँग भएकाले, एकचोटी जनताको माया गर्ने, मुलुकलाई माया गर्ने शक्तिलाई सहयोग गर्न म आग्रह गर्दछु ।”

कार्यक्रममा पोलिटव्यूरो सदस्य आदर्श, नेता भरतबहादुर वम लगायतका केन्द्रीय नेताहरुको सहभागिता थियो । कार्यक्रममा प्रभात जनसांस्कृति परिवार तथा स्थानीय जनकलाकारले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार