दाङमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

२०८० फाल्गुन २९, मंगलवार

देउखुरी : दाङमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

बुटवलबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ३९९८ नम्बरको बसले साइकलमा सवार दाङको लमही नगरपालिका–४ का ४० वर्षीय हरिप्रसाद पौडेलको मृत्यु भएको दाङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिए । साइकलमा यात्रा गरिरहेका पौडेललाई बसले ठक्कर दिएपछि उपचारका लागि लमही अस्पतालमा पुर्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार