भिरबाट लडेर युवकको मृत्यु

२०८० फाल्गुन ३०, बुधबार

काठमाडौँ : रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–४ मा भिरबाट लडेर युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोरम्बा शैलुङ्ग–७ लखनपुर घर भएका २२ वर्षीय विशाल घतानी छन् ।

दर्गास्थित मामाघरबाट फर्किंदा छिरिङ भिरबाट लडेर उनको मृत्यु भएको रामेछापका डीएसपी होम पराजुलीले  बताए । उनी भिरबाट करिब २ सय मिटर तल चौर खोलाको बगरमा खसेका हुन् । घटनाबारे इलाका प्रहरी कार्यालय टोकरपुरका इन्स्पेक्टर मणिराम थापा नेतृत्वको टिमले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार