पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

२०८० चैत्र १८, आईतवार

लमजुङ : पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ श्रीचौरमा वर्षासँगै खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईंका अनुसार शनिबार बेलुकी साढे ७ बजेदेखि सडक अवरुद्ध भएको हो। बेँसीसहर–चामे सडकखण्ड लमजुङ र मनाङलाई जोड्ने एकमात्र सडक हो। सडक अवरुद्ध भएकाले सवारी साधन चल्न नसक्दा यात्रुहरु मर्कामा परेका छन्।

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय समेतको सहयोगमा सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार