काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले २०८४ को आम निर्वाचनअघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर्न माग गरेका छन्।
हाल काठमाडौंमा रहेका मेयर हर्कले काठमाडौँमा एकल प्रदर्शन गर्दै २०८४ को आम निर्वाचनअघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर्न माग गरेका हुन्।
उनले ‘०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर’ लेखिएको प्लेकार्ड बोकेर एकल प्रदर्शनमा गरेका थिए।काठमाडौंमा रहेका मेयरले प्रधानमत्री, उपप्रधान तथा गृहमन्त्री, अर्थमन्त्री, खानेपानीमन्त्री र शिक्षामन्त्रीलगायतलाई भेट गरेर धरानका समस्याको बारेमा अवगत गराउदै बजेटमा व्यवस्था गर्न माग गरेका छन्।





