आगलागीपछि सशस्त्रको केन्द्रीय स्टोरमा पुगे गृहमन्त्री

२०८० चैत्र २६, सोमबार

काठमाडौँ : बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने घटनास्थलमा पुगेका छन् ।  घटनास्थलमा पुगेर लामिछानेले आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिएका छन् ।

आगो अझै नियन्त्रणमा आएको छैन । १० वटा दमकल र ट्यांकरको सहायताले आगो निभाउने प्रयास भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।एपिएफ अस्पतालसँगै रहेको बहुउद्देश्यीय भवनमा विद्युत् चुहावट भएर आगलागी भएको आकलन गरिएको छ । क्षतिको यकिन विवरण आएको छैन । स्टोरमा लत्ताकपडा र बुट लगायतका सामान राखिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार