भक्तपुरबासिले परम्परागतशैलीमा मनाए सिन्दुर जात्रा

२०८१ बैशाख २, आईतवार

भक्तपुर : मध्यपुरथिमिस्थित बालकुमारी मन्दिर परिसरमा स्थानीय बासिन्दाले परम्परागतशैलीमा सिन्दुर जात्रा मनाएका छन् । हरेक वर्ष वैशाख १ र २ गते भक्तपुरमा नेवार समुदायले मनाउने बिस्का जात्राको रुपमा यो पर्व मनाउने गरिन्छ । पर्वले वसन्तको आगमनको संकेत पनि गर्दछ ।

यस पर्वमा भक्तजनहरू एकै ठाउँमा भेला भइ विभिन्न देवीदेवताका ३२ वटा खट बोकेर नगर परिक्रमा गर्छन् । स्थानीय बाजागाजासहित आएका भक्तजनले खटलाई घुमाउँदा एक आपसमा  सिन्दुर छर्केका थिए। स्थानीय बाजागाजासहित आएका भक्तजनले खटलाई घुमाउँदा जात्रालुहरुले एकअर्कामा सिन्दुर छर्कने भएकाले यस जात्रालाई सिन्दुर जात्रा भन्ने गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार