उपनिर्वाचनले ‘कांग्रेस एक्लै लड्न सक्षम छ’ भन्ने सन्देश दिँदैछौँ : कोइराला

२०८१ बैशाख ३, सोमबार

इलाम : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले इलाम-२ मा उपनिर्वाचनले ‘कांग्रेस कमजोर छैन र एक्लै निर्वाचन लड्न सक्षम छ’ भन्ने सन्देश दिने दाबी गरेका छन्। उनले बिगतमा गठबन्धन गरेर चुनावी मैदानमा उत्रिँदा नजितेको कांग्रेसले यसपटक एक्लै प्रतिष्पर्धा गरेर चुनाव जित्ने बताए ।

‘कांग्रेस कमजोर भयो भन्ने कुरा बाहिर आइरहेको छ, यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरु चिन्तित छन् । सबैको मनोबल बढाउनुपर्ने छ । हाम्रा लागि यो उपनिर्वाचन प्रतिष्ठाको बिषय भएको छ,’ उनले भने । कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने भन्दै पार्टी भित्रका तिक्तता र आन्तरिक मनमुटाव बिर्सेर एक भई निर्वाचनमा जुट्न इलाम पार्टीका सबै तहलाई निर्देशन पनि दिए ।

उपनिर्वाचनको प्रचारका लागि इलाम पुगेका कोइरालाले जति जना आकांक्षी भएपनि टिकट एकजनालाई दिनुपर्ने भएकाले बाँकी आकांक्षी नेताहरुले मन दुखाउन नहुने बताए । कोइरालाले यो उपनिर्वाचनलाई अन्तर्राष्ट्रिय जगतले पनि नजिकैबाट हेरिरहेको भन्दै उपनिर्वाचनको परिणामले राष्ट्रिय राजनीतिलाई समेत मार्गप्रशस्त गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार