काठमाडौं : गोरखाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ । ताल फुटेर तल्लो क्षेत्रमा बाढी आएपछि स्थानीय त्रसित भएका छन् ।
बाढीले पुर्याएको क्षतिको विवरण आइसकेको छैन । प्रमुख जिल्ला अधिकारी भोला दाहालले ताल फुटेको पुष्टि गरे । उनले भने, ‘तालको पानी बाहिर आएको जानकारी आएको छ, तर थप विवरण आइसकेको छैन ।’ उनले ताल भएको क्षेत्रतिर प्रहरी टोली परिचालन भइसकेको जानकारी दिए ।
बाढीले क्षति पुर्याउन सक्ने भन्दै धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन भनिएको उनले जानकारी दिए ।





