काठमाडौं : गृह मन्त्रालयले गण्डकी प्रदेश प्रहरी प्रमुखमा डिआइजी दुर्गा सिंह चन्दलाई जिम्मेवारी दिएको छ ।
एक सातादेखि गण्डकी प्रदेश प्रहरी प्रमुख रिक्त थियो । त्यहाँ कार्यरत डिआइजी विकासराज खनाल अनिवार्य अवकाशमा गएका थिए । त्यसपछि रिक्त भएको स्थानमा सिंहलाई पठाइएको हो । सिंह यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिइन् ।
रानीपोखरी आएको ४ महिनामै उनलाई सरुवा गरेर प्रदेश प्रहरी प्रमुखको महत्त्वपूर्ण जिम्मेवारी दिइएको हो । उनी प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरकै ब्याची हुन् ।





