अटो दुर्घटना हुँदा दुई गम्भीर घाइते

२०८१ बैशाख १५, शनिबार

स्याङ्जा : पुतलिबजार नगरपालिका–४ फूलबारीको भित्री सडक खण्डमा अटो दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

लु १ ह १७५८ नम्बरको अटो उकालोमा फूलबारीबाट झौरीखेततर्फ जाँदैगर्दा अन्दाजी २५ मिटर तल खसेको थियो । अटो दुर्घटनामा पुतलिबजार नगरपालिका –१३ बाडखोला बस्ने २० वर्षीय खर्जना बानु र पुतलिबजार नगरपालिका –१४ गहतेका १९ वर्षीय सोहेल मिया (अटो चालक) गम्भीर घाइते भएका हुन् ।

प्रहरी नायब निरीक्षक केशरबहादुर मल्लले सोहेलको जिल्ला अस्पताल स्याङ्जामा सामान्य उपचारपश्चात् गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको बताए । बानुको जिल्ला अस्पतालमै उपचार भइरहेको बताए । घाइतेको टाउको, हात, खुट्टा, छातीमा चोट लागेको मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार