भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु, १२ गम्भीर घाइते

२०८१ बैशाख १७, सोमबार

काठमाडौँ : भोजपुरको आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा सोमबार बिहान साढे ९ बजेतिर को १ ज २६१७ नम्बरको बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य १२ जना गम्भीर घाइते भएका छन् ।

आमचोकको बालङ्खाबाट पारकुवा गएको बोलेरो गन्तव्यमा पुगेपछि पार्किङ गर्न घुमाउने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा आमचोक गाउँपालिका–१० पाङ्चाकी २५ वर्षीया रूना राईको घटनास्थलमै र आमचोक गाउँपालिका–१० कै २६ वर्षीया शान्ति राईको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष अशोक राईले बताए ।

घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला मेमोरियल अस्प्तालमा पठाइएको राईले जानकारी दिए । घाइतेको अवस्था पनि गम्भीर रहेको तर विस्तृत विवरण भने आइनसकेको राईले जनाए । उक्त गाडीमा चालक सहित १४ जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार