यस्तो छ आज सुनचाँदीको मूल्य

२०८१ बैशाख २३, आईतवार

काठमाडौँ : आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य पनि स्थिर नै रहेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५०  रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला १ लाख ६ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार