शंखपार्कमा एक पुरुषको शव भेटियो

२०८१ बैशाख २४, सोमबार

काठमाडौं : काठमाडौंको शंखपार्कमा एक पुरुष मृत फेला परेका छन् ।

आज बिहान पार्कमा करिब ३५ वर्षका एक जना पुरुषको शव फेला परेको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर थापाले जानकारी दिए । पुरुषको पहिचान हुनसकेको छ । स्थानीयका अनुसार ती व्यक्तिले कवाडी सामान उठाउने काम गर्थे ।

अहिले प्रहरी घटनास्थल पुगेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार