संसदीय समिति बनाइयो भने कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्छ : ओली

२०८१ बैशाख २८, शुक्रबार

काठमाडौँ : सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यदी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाइएको खण्डमा कांग्रेसले तत्काल राजीनामा माग गर्न सुरु गर्ने टिप्पणी गरेका छन्। शुक्रबार संसद् बैठक बस्नुअघि बसेको पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्।

‘हामीले राजीनामा मागेका छैनौ भन्नुभयो उहाँहरूले। राजीनामा अहिले मागेको पो छैन,’ ओलीले भने, ‘केही पनि नहुँदा समिति बनाऔँ भन्नेहरूले समिति बनिसकेपछि आफ्नै बारेमा छानबिन गर्न आफैँ उपस्थित भएको संसद्ले समिति बनाइसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ? भनेर तत्काल राजीनामाको खेल सुरु गर्नुहुन्छ।’

साथै, ओलीले कांग्रेसकै सनकका भरमा कुनैपनि समिति नबन्ने पनि दाबी गरे। ‘कसैलाई धक्का पर्यो भन्दैमा यस प्रकारको छानबिन गर्ने?’, उनले भने, ‘उजुर पर्दैमा छानबिन गर्ने हो भने सबैका विरुद्ध उजुर पर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार