जहाज मर्मतको छानबिन गर्न समिति गठन

२०८१ बैशाख २९, शनिबार

काठमाडौँ : नेपाल वायुसेवा निगमको नाइन एन एकेएक्स एयरबस ३२० लुम्बिनी जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन उपसमिति गठन गरिएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य सुधीरशमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलले भने, “जहाजको दायाँ इन्जिनमा समस्या आएपछि पुस २६ गते इजरायल एरोस्पेस इन्डस्ट्री (आइएआई) मा मर्मतसम्भार गर्न पठाइएको थियो । आइएआइले सम्झौता अनुसार जहाजको इन्जिनमा आएको समस्या समयमै समाधान नगरेको र त्यसको विकल्पका अर्काे इन्जिनको व्यवस्था नगरेको विषयमा छानबिन समिति गठन गरिएको हो ।”

गठन भएको छानबिन समितिलाई १५्र दिनभित्र उपयुक्त राय सिफारिससहित प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार