जुवातास खेलिरहेका ८ जना पक्राउ, हतियार पनि बरामद

२०८१ बैशाख २९, शनिबार

तनहुँ : व्यास नगरपालिका-३ अनसन चौतारी बस्ने ४५ वर्षीय लक्ष्मण मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा मल्ल समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई ६८ हजार ८ सय १८ रुपैयाँसहित पक्राउ गरेको हो । साथै मल्लको घर तलासी गर्ने क्रममा २२ बोरको हर्नेट राइफल १ थान, म्यागेजिन १ थान र गोली १ राउन्ड फेला पारी प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार