दुई मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु

२०८१ बैशाख २९, शनिबार

सुर्खेत : सुर्खेतमा दुई मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुकुम पश्चिम स्थित चौरजहारीका ३० वर्षीय भुवन केसी रहेका छन्।

प्रहरीका अनुसार सिम्ता गाउँपालिका–३ स्थित छिन्चु–जाजरकोट सडक खण्डमा नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकल रा ७ प ७०३१ र विपरीत दिशाबाट आउँदै गरेको क.प्र.–०३–००१ प–०३७९ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको हाे। मृतकको मोटरसाइकलमा सवार असिम कुमार मल्ल सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ। उनको खुट्टा चोट लागेको छ।

नेपालगन्जतर्फ जाँदै गरेका मृतक केसीको मोटरसाइकल भेरी नदीमा खसेकाले अहिलेसम्म फेला परेको छैन। केसीको शव नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ। अर्को मोटरसाइकलमा सामान्य क्षति भएपनि चालक सकुशल रहेको प्रहरीको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार