क्रिकेटर सन्दीप लामिछानेको पक्षमा ताप्लेजुङमा युवाहरुको प्रदर्शन

२०८१ बैशाख ३१, सोमबार

ताप्लेजुङ : क्रिकेटर सन्दीप लामिछानेकाे पक्षमा सोमवार ताप्लेजुङका युवाहरुले स्वस्फुर्त रूपमा प्रदर्शन गरेका छन्। क्रिकेटर लामिछानेलाई न्याय दिनुपर्ने मागसहित युवाहरुले स्वस्फुर्त रुपमा प्रदर्शन गरेको प्रदर्शनमा सहभागी गोपाल गुरागाँईले जानकारी दिए।

सन्दीप हाम्रो सान हो, क्रिकेट हाम्रो मान हो’ लामिछानेलाई झुटो मुद्दामा फसाउन पाइदैंन,सन्दीपलाई विश्वकप खेल्ने बाटो खुल्ला गर’ जस्ता प्लेकार्ड र व्यानरसहित युवाहरुले वीरेन्द्रचौकबाट र्‍याली सुरु गरी तोक्मेडाँडामा पुगेर समापन गरेका थिए।

गुरागाँईले सन्दीपको न्यायका लागि कतिदिन कुनुपर्ने भन्दै न्यायमा भइरहेको ढिलाईप्रति रोष समेत प्रकट गरेका छन्। क्रिकेटर लामिछानेले खेलका माध्यमबाट नेपालको पहिचान दिलाएपनि उनीप्रति हुन पुगेको अन्यायबाट आफुहरु दुःखित भएको उनले प्रतिक्रिया दिए। नागरिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार