व्यास नगरपालिकामा निर्वाचन भएको दुई वर्षपछि नतिजा बदर, अदालतले दियो पुनः मतगणनाको आदेश

२०८१ जेष्ठ २, बुधबार

पोखरा : निर्वाचन भएको २ वर्षपछि तनहुँको व्यास नगरपालिका प्रमुखमा पुनः मत गणना गर्न उच्च अदालत पाेखराले आदेश दिएको छ । अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले पुनः मतगणना गर्न आदेश दिएको हो ।

२०७९ बैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा मुद्दा दर्ता गराएका थिए ।

कांग्रेसका बैकुण्ठनाथ न्यौपाने दुई सय ५२ मतान्तरले बिजयी भएका थिए । न्यौपानेले १२ हजार ७८ र पराजित जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार