एमाले संसदीय दलको बैठक बस्दै

२०८१ जेष्ठ २, बुधबार

काठमाडौँ : नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

बुधबार दिउँसो साढे १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक बोलाएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे बैठकमा छलफल हुनेछ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार