प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा छलफल

२०८१ जेष्ठ २, बुधबार

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच बुधबार बिहान छलफल भएको छ।

संसद्‌को अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न सभामुख घिमिरे आज बिहान प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) पुगेका हुन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसपछि साँझ बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा  राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची थियो।

तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि दुवै सदनले राष्ट्रपतिलाई धन्यवाद दिन पाएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार