भियतनामबाट आए १८० जना बुद्धिस्ट पर्यटक

२०८१ जेष्ठ ३, बिहीबार

काठमाडौँ : भियतनामबाट १८० जना बुद्धिस्ट पर्यटक नेपाल भ्रमणमा आएका छन् । उनीहरू बिहीबार एउटै चार्टर उडानबाट नेपाल भ्रमणमा आएका हुन् ।

भियतनामी बौद्ध धर्मालम्बी एकैपटक यती धेरै सङ्ख्यामा नेपाल आएको रुप्से होलिडेजले जनाएको छ । उनीहरू भियतनामको हनोइबाट हिमालय एयरलाइन्सको चार्टर फ्लाइटमार्फत नेपाल आएको कम्पनीले जनाएको हो ।

कम्पनीका अनुसार उनीहरूले काठमाडौँ उपत्यकाका विभिन्न बौद्ध गुम्बा र चैत्यहरूको भ्रमण गर्ने कार्यक्रम छ । यस्तै हलेसी दर्शनमा समेत जाने छन् ।

ह्वाइट गुम्बा, फर्पिङ्, स्वयम्भू, नमोबुद्ध र पाटनको भ्रमण अवलोकन गर्ने उनीहरूको तयारी छ । भियतनामी पर्यटकहरू ७ रात र ८ दिनको यात्रामा काठमाडौँ ओर्लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार