कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

२०८१ जेष्ठ ३, बिहीबार

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ।

राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी समस्यासम्बन्धी संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै सदन अवरोध गर्दै आएको छ।

सोही विषयमा प्रतिपक्षी दल कांग्रेससँग कुरा नमिल्दा प्रतिनिधिसभा बैठक पनि बस्न सकेको छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार