रवि लामिछानेले सहकारीबाट ऋण लिएका होइनन्, ठगेका हुन् : गगन थापा

२०८१ जेष्ठ ३, बिहीबार

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट ऋण लिएको होइन, ठगी गरेको बताएका छन्।

बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै उनले रवविरुद्धका प्रमाणहरू जति पनि रहेको बताए। ‘सहकारीबाट ऋण लिएका छैनौं भनिराखेका छन् नि। हामीले नि ऋण भनेका छैनौं। ऋण त सहकारीका सदस्यले लिने हो। उनले त सहकारीबाट ठगेका हुन्। सहकारीको रकम निजी कम्पनीमा खर्च गरेका हुन्,’ उनले भने।

उनले सहकारी विभागको प्रतिवेदन, पोखरा, रुपन्देही, कम्पनी रजिस्ट्रार र गोरखा मिडियाको अडिटमा पनि रविविरुद्ध प्रमाणहरू छरपस्ट रहेको बताए। उनले संसदमा सहकारी ठगलाई कारबाही गर्ने र सहकारी ठगलाई जोगाउने पक्षमा परिणत भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार