
काठमाडौँ : मोहन वैद्य निकट अखिल (क्रान्तिकारी) उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको पुतला जलाएको छ ।
बिहीबार सो सङ्गठनले आफ्ना संयोजक मिलन राईलाई पक्राउ गरिएको विरोधमा देशभर गृहमन्त्रीको पुतला जलाएको उपाध्यक्ष वीरेन्द्र शाहले जानकारी दिए । केही दिनअघि प्रहरीले राईलाई राजधानीको बालाजु क्षेत्रबाट पक्राउ गरेको थियो भने उनीविरुद्ध प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ ।
संयोजक राईको रिहाइ नभए आइतबार देशव्यापी शैक्षिक हडतालको गर्ने यसअघि नै घोषणा गरिएको शाहको भनाइ छ ।