सरकार परिवर्तनको खेल असफल भएपछि त्यसको असर संसदमा देखियाे : पौडेल

२०८१ जेष्ठ ७, सोमबार

काठमाडाैं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकार परिवर्तनको खेल असफल भएपछि त्यसको असर संसदमा देखिएको बताएका छन्। सोमबार प्रधानमन्त्रीको विश्वासको मतमाथिको छलफलका क्रममा पौडेलले पर्दाभित्रबाट सरकारलाई कमजोर पार्ने र सरकार बदल्ने कोशीस माकुरोको जालो जस्तो च्यातिएको भन्दै त्यसको असर संसदमा देखिएको बताएका हुन्।

प्रधानमन्त्रीलाई सदनमा विश्वासको मत लिन नदिएर कांग्रेसले कस्तो लोकतान्त्रिक अभ्यास गरेको हो भन्ने प्रश्न गर्दै सदनमा बचपना नदेखाउन कांग्रेसलाई सुझाव दिए। पौडेलले वर्तमान प्रधानमन्त्रीको नेतृत्वमा बनेको सरकारले सवै समस्या समाधान गर्दै मुलुकमा सुशासन कायम हुन्छ भन्ने विश्वास जनतामा जाग्न सुरु भएको जनाए। उनले अहिले मुलुकमा विकासले स्पष्ट दिशा तय गरेको जिकिर गरे। उनले सहज रुपमा संसदको क्रियाकलाप अघि बढाउने वातावरण बनाउन आग्रह समेत गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार