काठमाडौं : युट्यूबमा विवादित अन्तरवार्ता दिँदै हिँड्ने रविरत्न चुडाल बलात्कार आरोपमा पक्राउ परेका छन्।
उनीविरुद्ध काठमाडौंकै ५२ वर्षीया महिलाले बलात्कार आरोपमा जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वशन्त रजौरेले बताए। ती महिलाको जाहेरी प्रहरीले सुरुमा दर्ता गर्नै अस्वीकार गरेको थियो। तर महिलाले उच्च अदालतबाट आदेश लिएर आएपछि प्रहरीले जाहेरी दर्ता गर्दै अनुसन्धान अगाडि बढाएको हो।
महिलाले आफूलाई २०८० जेठ १७ गते चुडालले बलात्कार गरेको अरोप लगाएकी छन्। हदम्याद सकिन केहीदिन अघि मात्रै प्रहरीमा जाहेरी दर्ता भएको हो। चुडालले केही दिनअघि पनि युट्युवमा गृहमन्त्री रवि लामिछानेको प्रशंसा गर्दै गगन थापामाथि जथाभावि आरोप लगाएका थिए।





