कुनै राजनीतिक पार्टी विशेष नभएर समग्र मुलुकको हितका लागि ध्यानमा राखने : पूर्व अर्थमन्त्री शर्मा

२०८१ जेष्ठ १३, आईतवार

काठमाडौँ : पूर्व अर्थमन्त्री जनार्दन शर्माले सरकारको नीति तथा कार्यक्रम कुनै राजनीतिक पार्टी विशेष नभएर समग्र मुलुकको हितका लागि ध्यानमा राखेर आम सर्वसाधारणको जीवन प्रणाली फेर्नेगरी राष्ट्रिय मुद्दालाई केन्द्रमा राखेर आएको तर्क गरेका छन् । सरकारद्वारा संसदमा पेस भएको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै पूर्व मन्त्री शर्माले भने, ‘मुलुकको आर्थिक तथा सामाजिक विकास र गतिरोध अन्त्यका लागि राष्ट्रिय सहमति र एकताको विकल्प छैन ।’

सरकारले ल्याएको नीति तथा कार्यक्रमले उत्पादन र रोजगारी सिर्जना, सुशासन प्रवर्द्धन, सामाजिक सेवा प्रवाहमा सुधार, सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्ट्राचार नियन्त्रण जस्ता कुरा अघि सारेको बताउँदै पूर्व मन्त्री शर्माले सुशासनलाई संस्थागत गर्न, विकास निर्माणलाई गति दिन र सेवा प्रवाहलाई सारभूत र आम जनताले अनुभूत गर्न सक्ने गरी नीति तथा कार्यक्रमहरू आएको जिकिर गरे ।

सोही अवसरमा पूर्व मन्त्री शर्माले नीति तथा कार्यक्रम पार्टी विशेष भन्दा पनि राष्ट्रिय मुद्दाको रूपमा आएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार