काठमाडाैं : सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ६ महिना कैद सजाय भएको छ।
उनले सार्वजनिक पदमा रहँदा नै अमेरिकी स्थायी आवासीय अनुमति लिएका थिए। विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सोमबार यस्तो फैसला गरेको हो। ९ वैशाख ०८१ मा उनीमाथि झुटा विवरण पेस गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।





