काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेले अमेरिका जाने भिसा पाउने प्रक्रिया अघि बढेको छ। त्यसका लागि नेपालस्थित अमेरिकी राजदूतावासले आज अपराह्न ४ बजे सन्दीपसँग अन्तर्वार्ता लिने भएको छ।
विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन भनी सरकारले पनि नोट लेखिसकेको छ। भिसा मिलेको खण्डमा सन्दीप आजै राति अमेरिका उड्ने छन्।





