केजरीवाल आज पुन: जेल जाँदै

२०८१ जेष्ठ २०, आईतवार

काठमाडौँ : भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आज पुन: जेल जाँदै छन् । भारतको सर्वोच्च अदालतले दिएको अन्तरिम जमानतको समय आज सकिएसँगै आज उनले सरेन्डर गर्नुपर्ने भएको छ ।

यस अघि केजरीवालले आफ्नो स्वास्थ्य समस्या देखाउदै आफ्नो अन्तरिम जमानत ७ दिन बढाउन सर्वोच्चमा याचिका दायर गरेपनि सर्वोच्चले सो याचिका अस्वीकार गरेको थियो । केजरीवाल यस अघि मार्च २१ मा दिल्ली सरकारको मदिरा नीतिमा गरेको अनियमितताको आरोपमा पक्राउ परेका थिए ।

२० दिन जेल बाहिर रहेका केजरीवलले यस अवधिमा पार्टी र आफ्नो इन्डिया गठबन्धनका लागि देशभर चुनावी र्याली र सभालाई सम्बोधन गरेका थिए । भारतमा सात चरणमा भएको लोकसभाको निर्वाचन शनिबार सकिएको छ भने अब मंगलबार नतिजा सार्बजनिक हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार