आईसीसी टी–२० विश्वकप : अफगानिस्तानद्वारा १ सय ८४ रनको लक्ष्य प्रस्तुत

२०८१ जेष्ठ २२, मंगलवार

गुयाना : आईसीसी टी–२० विश्वकपमा अफगानिस्तानले मंगलबार युगान्डाविरुद्ध १ सय ८४ रनको लक्ष्य प्रस्तुत गरेको । गुयानाको प्रोभिडेन्स स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षति १ सय ८३ रन बनाएको हो ।

टोलीका लागि ओपनरद्वय रहमनुल्लाह गुरुबाज र इब्राहिम जादरानले शतकीय साझेदारी गरे । दुवैले पहिलो विकेटका लागि १ सय ५४ रन जोडे ।

गुरबाजले ४५ बलमा ७६ रन बनाए । उनले ४ चौका र ४ छक्का हिर्काए । जादरानले ४६ बलमा ७० रन जोडे । उनले ९ चौका र १ छक्का प्रहार गरे ।

त्यसपछि भने युगान्डाका बलरले कमब्याक गर्दै अफगानिस्तानलाई अझै ठुलो योगफल बनाउनबाट रोकेको थियो । दुवै ओपनरलाई गुमाएपछि अफगानिस्तानका अन्य ब्याटरले खासै ठुलो योगादन दिनसकेनन् ।

मोहम्मद नाबीले १६ बलमा १४ रन जोडे । युगान्डाका लागि ब्रायन मसाबा र कोसमास केवुटाले २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार