मोदीलाई तेस्रो प्रधानमन्त्रीकालका लागि प्रचण्डको बधाई

२०८१ जेष्ठ २२, मंगलवार

काठमाडौं : प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लोकसभा चुनावमा जितका लागि बधाई दिएका छन् । भाजपा र एनडीए गठबन्धनको सफलतासँगै तेस्रो कार्यकालका लागि उनले मोदीलाई बधाई दिएका हुन् ।

मंगलबार ट्वीट गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘मोदीजीलाई तेस्रो कार्यकालका लागि बधाई । संसारको ठूलो लोकतान्त्रिक अभ्यास भारतीय जनताको उत्साहपूर्ण सहभागिता सहित सम्पन्न भएकामा हामी खुशी छौं ।’

मोदी नेतृत्वको एनडीए गठबन्धन बहुमतसहित जिततर्फ उन्मुख छ । यति बेला मोदी कार्यकर्तासामु सम्बोधन गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार