काठमाडौँका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने

२०८१ जेष्ठ २६, शनिबार

काठमाडौँ : शनिबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएको छ ।

रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न  फिडहरूको लाइन अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको हो ।

प्राधिकरणका अनुसार बिहान ११:०० बजेदेखि साँझ ०५:०० बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । शनिबार बबरमहल क्षेत्रमा रहेको सैनिक मुख्यालय, सुनधारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय लगायत स्थानमा विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार